शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्द केसीका मागबारे एमालेले गर्यो यस्तो निर्णय

शुक्रबार, २७ साउन २०७४, १६ : ०९
शुक्रबार, २७ साउन २०७४


काठमाडौं– नेकपा एमालेले अनसनरत डा. गोविन्द केसीका बारेमा सरकार र सत्तागठबन्धनले द्धैध चरित्र देखाएको आरोप लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको सथायी समिति बैठकले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न माग राखी अनसनमा बसेका डा. गोविन्द केसीका मागबारे सरकार र सत्तागठबन्धनले द्धैध चरित्र देखाएको भन्दै आपत्ति समेत जनाएको छ । 

बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराइले चिकित्सा क्षेत्रका सुधारका सम्बन्धमा प्रा. केदारभक्त माथेमा आयोगले दिएका सुझाव र सिफारिसलाई आधार बनाउँदै तत्कालीन व्यवस्थापिका संसदमा ‘चिकित्सा शिक्षा विधेयक’ एमाले नेतृत्वको सरकारले नै टेबुल गरेको र प्रतिपक्षमा भएको बेला पनि उक्त विधेयक संसदमा प्रस्तुत गरी पारित गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गरेको बताए । नेता भट्राईले सरकार स्वयम्को अकर्मण्यता र दिशाहीनताका कारण आजसम्म पनि उक्त विधेयक पारित नभएको भन्दै यस सम्बन्धमा सरकार र सत्ता गठबन्धनको द्वेध चरित्रप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको बताए । बैठकपछि जारी विज्ञप्तिमा एमालेले आफ्नो दायित्व पूरा नगर्ने र नेकपा (एमाले)लाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति गम्भीर असहमति रहेको उल्लेख छ । 

त्यस्तै एमालेले छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसद्मा छलफल गरी पारित गर्न सरकारको ध्यानाकर्षण समेत गराउदै साथै, गोविन्द केसी र उनका प्रतिनिधिसँग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

शुक्रबारकै बैठकले तीन जिल्लामा  जिल्ला समन्वय परिषद्को प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुङग्याएको छ । जसअनुसार भोजपुरमा लक्ष्मण खड्का प्रमुख, उदयपुरमा खड्ग परियार प्रमुख तथा गंगा राई उपप्रमुख र झापामा सोमनाथ पुर्तेल प्रमुख तथा मीना पराजुली उपप्रमुखको उम्मेदवार बनाएको छ । 

संविधान संशोधनका बारेमा एमालेले पुर्ववत अडान कायमै राखेको जनाएको छ भने स्थानीय तह थप्नेबारे सरकार र आयोगले गर्ने निर्णयलाई हेरर प्रतिकृया दिने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप