बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल रेडक्रसको ५३ वर्षः २ लाख ७१ हजार ९२२ युनिट रगत संकलन, रक्तदातामा ८३ प्रतिशत पुरुष

आइतबार, १२ साउन २०७६, १७ : ५८
आइतबार, १२ साउन २०७६

काठमाडौं–नेपाल रेडक्रस सोसाइटीले स्थापनाकालदेखि हालसम्म नेपालमा २ लाख ७१ हजार ९२२ युनिट रगत संकलन गरेको छ ।  सुरुका वर्षहरुमा विदेशबाट समेत रगत संकलन गरेर नेपाल ल्याउने गरेको रेडक्रसले हालसम्म ३ लाख ४५ हजार १५१ युनिट रगत वितरण गरेको जनाएको छ । 

नेपालमा रक्त सञ्चार सेवा प्रदान गरेको आइतबार ५३ वर्षमा लागेको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिकी उपप्रमुख हरिप्रभा खड्गीले रेडक्रसले रक्त सञ्चारको क्षेत्रमा राम्रो काम गरिरहेको बताइन् । 

उनले रक्त सञ्चारको क्षेत्रमा महानगरले सक्दा सहयोग गर्ने पनि जनाइन् ।  रक्त सञ्चार केन्द्रको केन्द्रीय निर्देशक डा. मनिता राजकर्णिकारले केन्द्रले लक्ष्य अनुसार काम गर्दै आइरहेको बताइन् । 

सरकारले रेडक्रसलाई वि.स २०४८ साल चैत्र २४ गते देखि रक्त सञ्चार सेवा संचालन गर्न जिम्मेवारी प्रदान गरेको थियो । आ.व ०७५÷०७६ मा रक्तदातामा ८३.९ प्रतिशत पुरुष र १६.१ प्रतिशत महिला रहेका छन् । 

यस्तो छ देशभरको रक्त सञ्चारको अवस्था 
रेडक्रसको रक्त सञ्चार सेवा सुरु भएपछि केन्द्रीय रक्त सञ्चार केन्द्रबाट ५५ हजार ९ सय ५३ युनिट रगत संकलन भएको रेडक्रसले जनाएको छ । जसमध्ये स्वयंमसेवी रगतदाताबाट ४६ हजार ५ सय युनिट, सोध भर्ना वापत ९ हजार ४ सय ५३ युनिट रगत संकलन भएको छ । यस्तै सोधभर्ना नगरी ७७ हजार ५ सय ९४ युनिट ,सोध भर्ना वापत ९ हजार ४ सय ५३ युनिट गरी जम्मा ८७ हजार हजार ४७ युनिट केन्द्रले प्रवाह गरेको छ ।  
क्षेत्रीय रक्त सञ्चार केन्द्रहरुबाट ७४ हजार ३ सय ९६ युनिट संकलन  र ९० हजार ७ सय २० युनिट रगत वितरण गरिएको छ ।  

जिल्ला तथा आकस्मिक रक्त सञ्चार केन्द्रहरुबाट १ लाख १५ हजार ७५१ युनिट रगत संकलन र १ लखा ४० हजार ८९१ युनिट रगत वितरण गरिएको सञ्चार केन्द्रले जनाएको छ । 

यस्तै अस्पतालका रक्त सञ्चार एकाइहरुबाट २५ हजार ८४९ युनिट रगत संकलन र २६ हजार ४९३ युनिट रगत वितरण गरेको पनि जनाइएको छ । 

रेडक्रस अन्तर्गत अहिलेसम्म ७३ जिल्लाको १०८ स्थानमा रक्त सञ्चार केन्द्र तथा इकाइहरु रहेका छन् । 

एक वर्षमा ११३ वटा रगतमा एचआईभी
अहिलेसम्म संकलन गरिएको रगतमध्ये ३.१० प्रतिशत नेगेटिभ र ९६.९० प्रतिशत पोजेटिभ भएको केन्द्रले जनाएको छ । यस्तै उपत्यकामा ९६.९९ प्रतिशत पोजेटिभ र ३.०१ प्रतिशत नेगेटिभ पाइएको रेडक्रसले जनाएको छ । 


रक्त सञ्चार केन्द्रले २०७५÷०७६ देशभर संकलन गरेको रगत मध्ये  ११३ जनामा एच.आइ.भी,  ७०० मा हेपाटाईटिस ‘बी’ , ४ सय २४ वटामा हेपाटाइटिस ‘सी’ र १२ सय २० मा सिफलिश पाइएको थियो । 


हाल सम्म नेपाल रेडक्रसलाई झण्डै १२ वटा राष्ट्रका रेडक्रसले सहयोग गर्दै आईरहेको छ । हाल देशभर रहेको रक्त सञ्चार केन्द्र्रको सेवा कायम राख्न, सबैतिर सेवा शुल्क एकरुपता कायम गर्न, कम माग हुने जिल्लामा सञ्चालन खर्च धान्न र बढी माग हुने जिल्लामा माग अनुसार आपूर्ति गर्न र रगत संकलनको वार्षिक क्यालेण्डर स्थापना गर्न कठिनाई देखिएको जनाइएको छ । 
  नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० सालमा स्थापना भएको थियो भने रक्त सञ्चार सेवा वि.स २०२३ सालबाट सुरु गरेको थियो । कार्यक्रममा रक्त दाताहरुलाई सम्मान समेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप