बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको अगाडी कति बेरसम्म टिक्ला उत्तर कोरिया ?

शुक्रबार, २७ साउन २०७४, १५ : ४४
शुक्रबार, २७ साउन २०७४

बीबीसी

उत्तर कोरियाले बुधबार प्रशान्त महासागरमा अमेरिकी द्वीप गुआममाथि हमला गर्ने धम्की दिएको थियो । पछिल्ला दुई दिनदेखि यी दुई देशबिच तनाव निकै बढेको छ ।

दुबै देशको तर्फबाट उक्साउने किसिमको बयान आइरहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार यदि उत्तर कोरियाले आक्रामक व्यवहार देखाउन छोडेन भने उसले यस्तो हमलाको सामना गर्नुपर्ने हुन्छ जसलाई संसारले कहिले पनि देखेको थिएन भन्ने चेतावनी दिएका थिए ।

ट्रम्पको उत्तर कोरियामाथि रिस रोकिएको छैन र उनले बुधबार पनि अमेरिकी परमाणु हतियारको विषयमा थुप्रै ट्वीट गरे ।

ट्रम्पले आफ्नो ट्वीटमा भने, ‘राष्ट्रपतिको रुपमा मेरो पहिलो आदेश यो छ कि परमाणु हतियारलाई बलियो बनाइयोस् । उनीहरु अब पहिलेभन्दा निकै धेरै शक्तिशाली भइसकेका छन् । आशा गरौं कि हामीले कहिले पनि यी हतियारको प्रयोग गर्न नपरोस् तर यस्तो भएन भने हामी संसारको शक्तिशाली राष्ट्र हुने छैनौं ।’

ट्रम्पको यो घोषणा पछि दिमागमा यो कुरा आउँछ कि आखिर अमेरिकासँग कति परमाणु हतियार छ ? यी हतियारको पहुँच कति छ ? उत्तर कोरिया अमेरिका सामू कुन हदसम्म टिक्न सक्छ ?

फेडरेशन अफ अमेरिकन साइन्टिस्टमा न्यूक्लियर इन्फर्मेशन प्रोजेक्टका निर्देशक ह्यान्स क्रिसटेन्सेन र रोबर्ट नारिसका अनुसार आठ जुलाईसम्म अमेरिकासँग ६ हजार ८ सय परमाणु हतियार थिए । २ हजार ८ सय काम नलाग्ने भइसकेका छन्, ४ हजार भण्डारमा छन् र १ हजार ८ सय हतियार तैनाथ छन् । परमाणु हतियारको मामलामा रुस पहिलो स्थानमा छ भने अमेरिका दोस्रो नम्बरमा छ । रुससँग अहिले ७ हजार परमाणु हतियार छन् ।

दोस्रोतर्फ उत्तर कोरियाका बाहेक अन्य परमाणु शक्ति सम्पन्न देशसँग ८० देखि ३ सय परमाणु हतियार छन् । जुलाईसम्म उत्तर कोरियासँग अधिकतम २० परमाणु हतियार भएको बताइएको छ ।

योभन्दा पहिले उत्तर कोरिया परमाणु हतियार बनाउनमा प्राविधिक असक्षमतासँग जुधिरहेको बताइन्थ्यो । उक्त देश लामो दुरीको मिसाइल निशानासम्म पठाउनमा सफल नभइरहेको बताइन्थ्यो ।

यद्यपी, मंगलबारको वासिङ्टन पोष्टको एक रिपोर्टमा दाबी गरिए अनुसार उत्तर कोरियासँग लामो दुरीको मिसाइल छ र ती साना परमाणु हतियारलाई लैजान सक्षम छन् ।

वासिङ्टन पोष्टको रिपोर्टमा लेखिएको छ, ‘उत्तर कोरिया वर्षौंदेखि ब्यालेस्टिक मिसाइलमाथि परमाणु हतियारलाई फिट गर्ने प्रविधि हाँसिल गर्ने कसरतमा थियो । अब अमेरिकाका विभिन्न विशेषज्ञको मान्यता अनुसार उत्तर कोरियाले यो क्षमता हाँसिल गरेको छ । अमेरिकाले पनि यसलार्इै स्विकार गर्दछ कि उत्तर कोरियाको मिसाइल साना परमाणु हतियारलाई लैजान सक्षम छन् ।’

अमेरिकी परमाणु हतियारको पहुँच कहाँसम्म ?

अमेरिकामा परमाणु अप्रसार नीतिको निर्देशक केल्सी डावेनपोर्टका भन्छिन्, ‘अमेरिकी इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको पहुँच १० हजार किलोमिटरभन्दा धेरै छ । अमेरिकी ब्यालिस्टिक मिसाइल निकै विश्वासिला छन् । यिनका निशाना अचुक छन् । यीमध्ये कति त मिनेटभित्रै निशानामा पुग्न सक्छन् ।’

दोस्रोतर्फ उत्तर कोरियाको मिसाइलको विषयमा पर्याप्त शंका छ । साथै, उत्तर कोरियाले पहिलो पटक जुलाईमा इन्टरकन्टिनेन्टल मिसाइलको परिक्षण गरेको छ ।

कुन–कुन देश परमाणु शक्ति सम्पन्न छन् ?

आर्म्स कन्ट्रोल असोसिएशनका अनुसार संसारभरीका ९ देशसँग परमाणु हतियार छ । यसमा अमेरिका, रुस, बेलायत, फ्रान्स, इजराइल, पाकिस्तान, भारत, चीन र उत्तर कोरिया । संसारभरी अमेरिका पहिलो देश थियो जसले परमाणु हतियार पहिलो पटक विकसित गर्यो र सन् १९४५ मा दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकी र हिरोशिमामा प्रयोग पनि गरियो ।

त्यसपछि संसारभरी हतियारको होड सुरु भएको थियो । यो होड मुख्य रुपमा अमेरिका र सोभियत युनियनका बिच निकै तिखो रह्यो । आजको समयमा यिनै दुई देशसँग सबैभन्दा ठूला र खतरनाक हतियार छन् ।

क्यूबा मिसाइलको संकटको क्रममा परमाणु युद्धको आशंका प्रबल भएको थियो । त्यसको आठ वर्षपछि परमाणु अप्रसार सन्धीलाई जमिनमा उतारियो । उक्त सन्धीका अनुसार संयुक्त राष्ट्रमा सुरक्षा परिषद्का पाँच सदस्य अमेरिका, चीन, फ्रान्स, बेलायत र रुसलाई परमाणु शक्ति सम्पन्न देश मानिन्छ ।

अन्य देशको परमाणु प्रविधिको प्रयोगको अनुमती केवल वैज्ञानिक शोधका लागि हो । पाँचवटा बाहेक अन्य देश परमाणु हतियार विकसित गर्न सक्दैनन् ।

इजराइल, भारत र पाकिस्तानले एनपीटीमाथि कहिले हस्ताक्षर गरेनन् । यद्यपी, इजराइल आफूलाई आधिकारिक रुपमा परमाणु शक्ति सम्पन्न देश भन्दैन । इजराइलसँग कम्तीमा ८० परमाणु हतियार भएको बताइन्छ ।

उत्तर कोरियाले एनपीटीमाथि हस्ताक्षर गरेको थियो तर सन् २००३ मा यसबाट अलग्गिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप