बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘माया’ बनाउँदै अभिनेत्री नीता

आइतबार, १२ साउन २०७६, १३ : ५९
आइतबार, १२ साउन २०७६

काठमाडौं – केही वर्ष अगाडि आफ्नो जन्मदिनको अवसर पारेर फिल्म प्रोडक्सन हाउस सार्वजनिक गरेकी थिइन् अभिनेत्री नीता ढुङ्गानाले । प्रोडक्सन हाउस सार्वजनिक गरेको लामो समय सम्म पनि उनले फिल्म घोषणा गर्न सकिनन् । यस विषयले  उनको बारेमा बजारमा विभिन्न सकारात्मक नकारात्मक चर्चा परिचर्चा हुन थालेको थियो ।

अहिले आएर  भने उनले फिल्म निर्माण गर्ने घोषणा गरेकी छन् । उनले आफ्नो ब्यानरबाट ‘माया’ नामक फिल्म निर्माण हुने सार्वजनिक गरेकी हुन् । 

समुन्द्र भट्टको निर्देशन रहने फिल्मको अहिले लेखन कार्यभइरहेको छ । लेखन कार्य निर्देशक भट्ट र अभिनेता कोशिश क्षेत्रीले मिलेर गरिरहेका छन् । कोशिश ‘मोक्ष’बाट अभिनयमा डेब्यू गरेका हिरो हुन् । उनको पनि फिल्ममा मुख्य अभिनय रहने बताइएको छ । 

हुन त केही पहिले नीताको ब्यानरमा ‘मःम हन्टिङ’ नाममा फिल्म बन्ने चर्चा पनि चलेको थियो । तर नीताले अहिले त्यो फिल्म थाती राखेर ‘माया’को काममा लागेकी हुन् । 

फिल्ममा नीता र कोशिशको मूख्य भुमिका रहनेछ । कोशिशको नै संगीत रहने फिल्मका अन्य कलाकार भने छनौटको चरणमा छन् । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैली कथा बनाउन खोजिएको फिल्म भदौ दोश्रो साताबाट छायाँकनका लागि फ्लोरमा जाने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप