मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

मधेसी जनतालाई प्रभावमा पार्न सत्तारुढ दल र राजापाबीच सहमति : ज्ञवाली

शुक्रबार, २७ साउन २०७४, १५ : १९
शुक्रबार, २७ साउन २०७४

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन विधेयक पारित नहुने दावी गरेका छन् । 
सचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनमा मधेशका जनतालाई आफ्नो पक्षमा पार्न सरकारले संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेको आरोप पनि लगाएका हुन् । 

शुक्रबार सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच संसदमा विचाराधिन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सहमति भएको छ । 

तर, प्रमुख प्रतिपक्ष एमालेका सचिव ज्ञवालीले भने विधेयक संसदमा निर्णयार्थ पेश भएपनि पारित नहुने दावी गरे । 

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले संविधान संशोधन विधेयक निर्णयार्थ पेस गरे सत्तापक्ष र प्रतिपक्षबीचको दुरी झनै बढेर जाने चेतावनी पनि दिए ।

सचिव ज्ञवालीले राष्ट्रिय जनता पार्टी, नेपाललाई आसन्न निर्वांचनमा आउन पनि आग्रह गरे । जनता निर्वाचनको पक्षमा रहेकाले राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश नम्बर २ को निर्वाचनमा भाग लिनुपर्ने उनको भनाई थियो । 

कार्यक्रममा बोेल्दै काँग्रेस नेता एवम् वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्ष एमालेलाई समेत सहमति ल्याएर संविधान संशोधन विधेयक पारित गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले सबैलाई निर्वाचनमा जाने वातावरण बनाउने दायित्व पूरा गर्न सरकार लागि परेको पनि स्पष्ट पारे ।  

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता अजयशंकर नायकले राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउन संविधान संशोधन विधेयक अघि बढाउने निर्णय लिइएको पनि स्पष्ट परे । उनले सबैलाई निर्वाचनमा जाने वातावरण बनाउन प्रमुख प्रतिपक्ष एमाले पनि जिम्मेवार हुनुपर्ने धारणा पनि राखे ।  

राजपा नेपालका नेता महेन्द्रराय यादवले संविधान संशोधन विधेयक सफल बनाउने आश्वासन सरकारले दिएको खुलासा गरे । उनले स्थानीय तहको संख्या बढाउन मिल्ने गरी सर्वोच्चको आदेश पनि आएकाले आफूहरु आसन्न निर्वाचनमा जान तयार भएको पनि स्पष्ट पारे ।  

नेता यादवले आफूहरुलाई निर्वाचनमा सहभागी गराउन प्रमुख प्रतिपक्ष एमाले बाधक बन्न नहुने धारणा पनि राखे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप