पाँचथरमा पहिरोले पुर्दा एक जनाको मृत्यु, ३ वेपत्ता
रविन्द्र काफ्ले
पाँचथर - विहीबार विहानबाट परेको अविरल वर्षा कारण जिल्लाको फालेलुङ गाउँपालिका १ (साविक एकतिन गाविस)मा पहिरो जादा १ जनाको मृत्यु छ । पहिरोमा परि ८० बर्षे त्रिलोचन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पाँचथरको फालेलुङ गाँउपालिका–३ (साविक मेमेङको ताङ्लेपा)मा रहेको नेवा खोला लघु जलविद्युत आयोजनाको पावरहाउस शुक्रवार विहान गएको पहिरोले पुर्दा ३ जना वेपत्ता भएका छन् ।
पहिरोले पावरहाउसका चौकीदार विष्णुभक्त राई, उनकी श्रीमती र छोरी वेपत्ता भएको स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका छन् । खोजीका लागि प्रहरी चौकी मेमेङका प्रमुख प्रहरी सहायक निरीक्षक जीवन मैनालीको नेतृत्वमा प्रहरीको टोली खटिएको छ ।
प्रहरी चौकी मेमेङका हवल्दार लाखबहादुर लिम्बूले पहिरोले राईको परिवारलाई बगाएको स्थानीयले जानकारी दिएको वताए । विहान ताङ्लेपा तर्फ लागेको प्रहरी सहायक निरीक्षक मैनालीको टोलीसँग सम्पर्क हुन नसकेको लिम्बूले वताए ।
नेपाली सेनाको भैरवी दल गणले पावरहाउस छेउबाट ४ जना वेपत्ता भएको भन्ने खवर आएको र खोजी तथा उद्धारका लागि सेनाको टोली त्यस तर्फ लागेको जानकारी दिएको छ ।
मेमेङकै माङ्लेबुङमा पहिरोबाट ४ घरमा क्षति पुगेको तर, त्यहाँ पुग्न नसकेको प्रहरी हवल्दार लिम्बूले वताए । मानविय क्षति भने नभएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण