शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केराका विरुवाबाट ९० लाखको कारोबार

शुक्रबार, २७ साउन २०७४, १४ : ५७
शुक्रबार, २७ साउन २०७४

नवलपरासी– नवलपरासीमा केराका ४ लाख विरुवा उत्पादन गरि ९० लाख रुपैयाँको कारोबार भएको छ । तीन महिना लगाएर उत्पादन गरिएका केराका विरुवाको विक्रि वितरणबाट ९० लाख रुपैयाँको कारोबार गरिएको हो । जसमध्ये करिब १० लाख रुपैयाँ फाइदा भएको बताइएको छ ।

जिल्लाको गण्डक कमाण्ड क्षेत्र अन्तर्गत प्रतापपुर गाउँपालिको कठहवाँ गाउँमा जय किसान फलफुल एवं केरा विरुवा नर्सरी उद्योग स्थापना गरि केराका विभिन्न प्रजातीका विरुवाहरु उत्पादन गरिदै आएको छ । केरा नर्सरीबाट उत्पादन गरिएका विरुवा लिन नेपालका विभिन्न क्षेत्रका किसानहरु आउने गरेको नर्सरी उद्योगका संचालक  उत्रिचन्द राजभरले बताए ।

उनले भने, '३ कठ्ठा क्षेत्रफलमा गरिएको केरा नर्सरी नेपालकै ठुलो नर्सरी मध्येको एक हो । नर्सरीमा टिस्यु कल्चर, जि नाईन, मालभोग, हरिछाल, भिम प्लस लगायत हाईव्रिड जातका  विरुवाहरु उत्पादन गर्ने गरिएको छ ।'

विरुवा उत्पादन गर्दा प्लास्टिको सानो झोलमामा केराको बिउ राख्ने गरिन्छ जुन २० दिनदेखि २३ दिन भित्र रोप्नका लागि तयार हुने गर्दछ । भारतको बैंग्लौर र तामिलनाडुबाट प्रति बिउ रु १५ का दरले ६६ लाखको बिउ किनिएको र उत्पादित बिरुवा प्रतिगोटा रु २३ रुपैयाँको दरले बिक्रि भईरहेको  नर्सरी उद्योगले जनाएको छ । 
केराको पकेट क्षेत्रको रुपमा चिनिने नवलपरासीमा कुल ७ सय ९० हेक्टेयर क्षेत्रफलमा केरा खेती पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप