शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करिअर फेस्ट सम्पन्न

शनिबार, ११ साउन २०७६, १६ : ५८
शनिबार, ११ साउन २०७६

काठमाडौ । काठमाडौमा प्लस टु पछि कुन विषय पढ्ने भनेर अन्योलता रहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजित करिअर फेस्ट २०१९ सम्पन्न भएको छ ।

करिअर प्वाइन्ट इजुकेसन सर्भिस प्राइभेट लिमिटेडको आयोजनाको शुक्रबार राष्ट्रिय सभागृहमा उक्त कार्यक्रम भएको हो ।

प्लस टु पढेर सकेका युवामा रहेको अन्योलता हटाउने उद्देश्यले करिअर फेस्ट २०१९ को आयोजना गरिएको करिअर प्वाइन्ट इजुकेसन सर्भिस प्राइभेट लिमिटेडका कार्याकारी निर्देशक बिशाल केसीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनाल रहेका थिए ।

सो अवसरमा प्रमुख अतिथि खनालले अन्य देश जतिनै विकसित भएता पनि आफ्नो देश नेपाल नै सुन्दर रहेको उनले बताए । 

कार्यक्रमका नेकपाका नेता योगेश भट्टराई, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, बिजनेस अक्सिजनका सिइओ सिद्धान्त राज पाण्डेलगायतले  पनि आफ्नो धारणा राखेका थिए ।  कार्यक्रममा १ हजार बढी युवाको उपस्थिति रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप