खाल्डोमा डुवेर बालिकाको मृत्यु
शनिबार, ११ साउन २०७६, १४ : ४७
सिरहा– सिरहाको गोलबाजर नपा ६ मा एक बालिकाको डुबेर ज्यान गएको छ ।
सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मीचौकमा डेरागरी बस्ने श्रीप्रसाद यादवकी ७ वर्षीय आरतीको खाल्डोमा जमेको पानीमा डुवेर शनिबार ज्यान गएको हो ।
गोलबजार नपा ६ कै डोहडीयामा रहेको मामाघर साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेको इलाका प्रहरी कार्यालय गोलबजारका नविन कुमार घिमिरेले जानकारी दिए ।
बालिकाको शव पोष्टमार्टमको लागि लहान पठाइएको प्रहरीले जनाएको छ ।