क्लब फिप्टीद्वारा रौतहटका बाढीपीडितलाई राहत वितरण
रौतहट– सामाजिक संस्था क्लब फिप्टी नेपालले रौतहटका बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ ।
क्लब फिप्टीले जिल्लाको माधव नारायण नगरपालिका ३ सखुुअवाका ३ सय ५० परिवारलाई ३० किलो चामलसहित दाल, बिस्कुट, चाउचाउ लगायतका सामग्री वितरण गरेको अध्यक्ष दमन बस्नेतले जानकारी दिए ।
पूर्व कर्मचारी, व्यापारी, बुद्धिजिवी लगायतको सहभागीमा गठन भएको क्लब फिप्टीले जर्मन स्थित शाखाबाट प्राप्त सहयोग रकमबाट राहत वितरण गरिएको संस्थाका उपाध्यक्ष प्रदीप कार्कीले बताए ।
राहत सामग्री कार्यक्रममा संस्थाका अध्यक्ष बस्नेतसहित संस्थापक अध्यक्ष केपी मास्के, पूर्व अध्यक्षहरु रमेश लुुईँटेल, उत्तम मास्के, माधव नारायण नगरपालिकाका मेयर वीरेन्द्र यादवले संयुुक्त रुपमा पीडितलाई हस्तान्तरण गरेका थिए ।
माधव नारायण नगरपालिका वडा ३ सखुुअवा स्थित वडा कार्यालयमा राहत लिनका लागि आएका उनीहरु राहत सामग्री पाउँदा खुसी देखिन्थे ।
यसैबीच बाढी पीडितहरुलाई आक्सफम नेपाल, आरडिसी, युुएई दूताबास, साही सेवा संगठन, नेपाल रेडक्रस सोसाइटी, जनसेवा नेपाल लगायत विभिन्न संघसंस्थाले पनि राहत वितरण गरेका छन् ।
डुुबानमा परेका केही स्थानका स्थानीयले अझैपनि राहत पाउन नसकिएको गुनासो गरेका छन् ।
बाढी र वर्षापछि अन्य स्थानीय तहको अवस्था सामान्य भइसके पनि ईशनाथ नगरपालिका १ बनजरहा र गौर नगरपालिका ६ महादेवपटीमा अझै पनि दर्जनौ घर डुुबानमा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण कुमार थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी