जापान नियात्रासङ्ग्रह ‘दाइबुचु’ सार्वजनिक
शनिबार, ११ साउन २०७६, ११ : २२
काठमाडौं– साहित्यकार कृष्ण बजगाईंले जापान सम्बन्धी नियात्रासङ्ग्रह ‘दाइबुचु’ सार्वजनिक गरेका छन् । प्रसिद्ध बेलायती कवि विलियम वर्डस्वर्थको निवास ग्रासमेर, बेलायतमा पुस्तक सार्वजनिक गरिएको हो ।
फरक धारको अनुसन्धानमूलक नियात्रा लेखनमा सक्रिय बजगाईले उक्त सङ्ग्रहमा आफ्नो जापान यात्राका अनुभूतिहरु समेटेका छन् ।
दाइबुचुमा जापानी कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्राका विषय बनाएका छन् । यसमा जापानी निबन्धकलाको झलक पढ्न पाइन्छ । एघार वटा साहित्यिक कृतिका सर्जक बजगाईंको यो तेस्रो नियात्रासङ्ग्रह हो । यस भन्दा अघि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
बेलायत निवासी डायोस्पोराका सक्रिय लेखक बजगाई साहित्य सिर्जना र साहित्यिक संघसंस्थामा लामो समयदेखि क्रियाशिल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा