मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एक युवतीको बयानः मानिसहरुलाई लाग्थ्यो मलाई सेक्सको लत छ

शुक्रबार, २७ साउन २०७४, १४ : ३२
शुक्रबार, २७ साउन २०७४

बीबीसी

२३ वर्षीया अमियाडा मिकलकलिन सधैं यौन उत्तेजना महसुस गर्दछिन् । सन् २०१३ मा थाहा भयो कि उनलाई पर्सिस्टेन्ट जेनिटल अराउजल डिसअर्डर (पीजीएडी) नामको रोगले ग्रस्त छिन् ।

थुप्रै वर्षसम्म अमियाडा र उनकी आमालाई यस्तो किन भइरहेको छ भन्ने थाहा नै भएन । कुनै पनि व्यक्तिलाई सधैं यौन उत्तेजनाबाट ग्रसित हुनु सजिलो छैन ।

अमियाडाले बीबीसीलाई बताइन्, ‘१३–१४ वर्षको उमेरदेखि नै म सेक्स उत्तेजनाबाट ग्रसित हुन थालेकी थिएँ । यो कुनै विशेष पलमा नभई लगातार हुने गर्दथ्यो । मलाई सधैं सेक्स चाहिएको जस्तो महसुस हुन्थ्यो । मलाई चरमोत्कर्ष चाहिन्थ्यो । १८ वर्षको उमेरसम्म त मैले आफूलाई यस मामलामा असामान्य पाउन थालिसकेकी थिएँ ।’

अमियाडाकी आमा भिक्टोरिया भन्छिन्, ‘मलाई पहिलो पटक उनीबारे त्यतिबेला थाहा भयो जब उनी सेक्सुअल्ली सक्रिय भइन् । उनी सेक्सको विषयमा केही धेरै नै उत्सुक हुने गर्दथिन् ।’

अमियाडा भन्छिन्, ‘मानिसहरुलाई लाग्थ्यो कि म सेक्सको लतको शिकार हुँ । हरेक दिन मरो लागि आफूसँगै जुघ्नु पर्ने हुन्थ्यो । सबैकुरा अचम्म लाग्थ्यो । म सोसल मिडियाबाट टाढा रहन्थे र केही गर्न मन लाग्दैनथ्यो ।’

आजका दिनमा अमियाडालाई उनका प्रेमीले यसबाट निस्कनका लागि मद्दत गरिरहेका छन् । दुबैको एक वर्ष पहिले भेट भएको थियो । अमियाडाका अनुसान जोजोले उनलाई निकै मद्दत गरिरहेका छन् । उनले भनिन्, ‘जोजो ममाथि कुनै टिप्पणी गर्दैनन् ।’

जोजोले भने, ‘म अमियाडालाई विभिन्न स्तरमा मद्दत गर्छु । चाहे अस्पताल जान वा सूई लगाउन, म सधैं उनको साथमा हुन्छु । उनलाई जे चाहिन्छ, म त्यसको लागि तयार हुने गर्दछु ।’

मिशिगन युनिभर्सिटीकी प्राध्यापक प्रियंका गुप्ता अमियाडाको उपचार गरिरहेकी छिन् । उनी अमियाडामाथि ३० भिन्न प्रकारको उपचार गरिरहेकी छिन् ता कि स्थितीको सुधार हुन सकोस् ।

डाक्टर प्रियंकाका अनुसार यस्तो समस्या किन हुन्छ भन्ने विषयमा केही सटिक कारण छैन । उनले अमियाडालाई विभिन्न प्रकारको थेरापी दिइरहेको जानकारी दिइन् ।

डाक्टर प्रियंकाका अनुसार यो समस्याका कारण तनाव र समस्याको सामना त गर्नु पर्छ नै, यसलाई बुझ्न पनि त्यति सजिलो छैन । थुप्रै पटक यसका कारण मानिसहरु लज्जित पनि हुनुपर्छ । यो गडबडीबाट पीडित हुनेहरुको कुनै उमेर हुँदैन । यो बूढा र जवान दुबैमा हुनसक्छ ।

कोही पीजीएडीबाट पीडित भएको पहिचान यी पाँच आधारमा गर्न सकिन्छः

– यौन उत्तेजनाको अवधि निकै लामो समयसम्म हुन्छ । यो घण्टौं, हप्ता र महिनादिन सम्म हुनसक्छ ।

– यौन उत्तेजना एक वा दुई पटकको सेक्सले पनि पूर्ण रुपमा समाप्त हुँदैन ।

– यसमा यौन उत्तेजना एकदम अनियन्त्रित, नचाहेको र अनुचित हुने गर्दछ ।

– पीजीएडीले यौन गतिविधी मात्र बढाउने नभई यसले भिन्न उत्तेजनाको महसुस पनि हुने गर्दछ ।

– यसबाट पीडित निकै तनाव महसुस गर्दछन् ।

– यो रोगबाट ग्रस्त मानिसहरु आत्महत्या गर्ने स्थितीमा पनि पुग्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप