दुई विधेयक पुर्नलेखन गर्न अर्थ समितिबाट सरकारलाई सचेत
काठमाडौं – संसदीय समितिले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ र ‘अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’ पुनर्लेखन गर्न सरकारलाई सचेत गराएको छ । व्यवस्थापिका संसदको अर्थ समितिले संविधानको भावना संकुचित हुनेगरी ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ र ‘अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’ आएको निष्कर्ष निकाल्दै पुनर्लेखन गर्न सरकारलाई सचेत गराएको हो ।
शुक्रबार बसेको समितिको बैठकले संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न गराउने किटानी व्यवस्था गरेपनि सो अनुसार विधेयक नआएको निष्कर्ष निकालेको छ ।
संविधानको मर्म नै संकुचित हुनेगरी दुवै विधेयक आएकाले त्यसलाई पुनर्लेखन गर्न सरकारलाई सचेत गराउने निष्कर्षमा पुगिएको समितिका सभापति प्रकाश ज्वावाले जानकारी दिए ।
उनले स्थानीय तहलाई अधिकार सम्पन्न गराउने गरी कानुनी व्यवस्था गर्न समिति सजग रहेको पनि स्पष्ट पारे ।
बैठकमा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा त्रुटि रहेको स्विकार्दै प्राकृतिक स्रोतको बाँडफाँडको विषयलाई समूचित र न्यायोजित ढंगले व्यवस्थापन गर्न सरकार सचेत र सजग रहेको पनि बताए । मन्त्री कार्कीले सरकार स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको अधिकार, कर्तव्य र जिम्मेवारीको उचित बाँडफाँड गरेर मुलुकलाई शान्त र समृद्ध बनाउन लागि परेको दावी पनि गरे ।
समितिले विधेयकलाई समृद्ध बनाउन उपसमितिनै गठन गरेर विज्ञहरुको समेत राय सुझाव लिने तयारी पनि गरेको छ । विहिबारबाट दुवै विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो । विधेयकमा ३१ जना सांसदहरुले ४६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
प्राकृतिक स्रोतको बाँडफाँड र राजस्व बाँडफाँड जस्तो गम्भिर विषयमा स्थानीय तहलाई जिम्मेवार बनाउने गरी विधेयक नआएको समितिका सदस्यहरुको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण