शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी प्रभावित जिल्लामा सर्पको त्रास, ७ जनाको मृत्यु

४ सयभन्दा बढी जना सर्पदंशका बिरामी, २९ जनालाई विषालु सर्पले टोक्यो
शुक्रबार, १० साउन २०७६, १३ : ३३
शुक्रबार, १० साउन २०७६

काठमाडौँ । असार २६ गते देखि परेको अविरल वर्षाका कारण बाढी पहिरोले देशभरकै जनजीवन प्रभावित भएको  छ । गृह मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म ३२ जिल्लामा बढी समस्या देखिएको छ । सय भन्दा धेरैको मृत्यु भइसकेको बाढी पहिरोबाट अहिले ३२ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईको अनुसार अहिले बिरामीको संख्या बढ्दै गइरहेको छ । कुनै पनि रोग महामारीको अवस्थामा नहरे पनि झाडापखाला, ज्वरो र सर्पदंशका बिरामीको बढेको जनाएको छ ।

इकाईको अुनसार अहिलेसम्म तराईका जिल्लाहरुमा सर्पदंशको बिरामी बढेको देखिन्छ । सर्पको टोकाईबाट ७ जनाको मृत्यु भइसकेको छ । गौर, बारा, नारायणी, सगरमाथा, जनकपुर र सिराहा अस्पतालको तथ्याङ्क हनुसार २९ जनालाई विषालु सर्पले टोकेको छ । यस्तै विष नभएको सर्पले टोकेको नागरिकको संख्या ४ सय १६ जना रहेका छन् ।

प्रभावित क्षेत्रमा हाल सम्म एक हजार २४ जना नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीमा स्वास्थ्य सेवा प्रदानको लागि सातै प्रदेशमा समन्वय भैरहेको र बढी प्रभावित क्षेत्रमा समन्वयको लागि चिकित्सकको टोली खटाएको जनाएको छ । 

रौतहट मा ८,सर्लाहीमा ११ ,महोत्तरीमा ३,सप्तरीमा ३ र सिराहामा १ गरी प्रदेश नं. २ को ५ जिल्लाका २६ स्वास्थ्य संस्था डुवानमा परेको छन् ।

हाल महामारी, प्रकोप लगायत स्वास्थ्य सेवा सुचारु एवम् व्यवस्थित गर्न प्रदेश नं. २ मा संघीय सरकारले पथलैया, बर्दिवास र लहानमा चिकित्सक र औषधीको व्यवस्था गरेको जनाएको छ ।

युनिसेफको सहयोगमा रौतहट, सर्लाही, सिराहा, महोत्तरीमा १० हजार बढी प्रभावित जनसंख्यालाई ३ महिनाका लागि पुग्ने औषधी तयारी अवस्थामा राखेको र अन्य दुई जिल्लामा आवश्यकता अनुसार जनकपुरमा पनि ३ महिनासम्म १० हजार नागरिकलाई पुग्ने औषधी तयारी अवस्थामा राखेको हुँदा औषधी उपचार भने समस्या नहुने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप