शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल र यमुनाको ‘‘बुट्टे फरिया’

शुक्रबार, १० साउन २०७६, १० : ५०
शुक्रबार, १० साउन २०७६

काठमाडौं– तीज नजिकिँदै गर्दा अचेल दैनिकजसो करिब एक दर्जन हाराहारीमा तीज गीत सार्वजनिक हुने गरेका छन् । यसरी सार्वजनिक हुने केहीमा चेलीका दुःख, केहीमा माइती प्रतिको गुनासो र कतिपयमा गीतमा मायाप्रेमका कुरा समेट्ने गरिएको छ ।

यस्तैमा माया प्रेमका कुरा समेटेर तीज गीत ‘बुट्टे फरिया’ आएको छ । सुनिल घिमिरे क्षेत्री र यमुना अर्यालको स्वर रहेको गीतमा प्रेमीले प्रेमिकालाई राम्रो बनेर अगाडि नाच्न आउन अनुरोध गरेका छन् ।

सुनिता सुनुवारको शब्द, यज्ञ सापकोटाको संगीत रहेको गीतको निकै आकर्षक म्युजिक भिडियोसमेत बनाइएको छ । भिडियोमा मदन खड्का र रिना थापाले थुप्रै कोरसका साथ नृत्य गरेका छन् ।

विरेन्द्र भट्टको सम्पादन र अनिल राइको छायाँकन रहेको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप