शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डा. भगवान कोइरालाले निर्माण गर्ने अस्पताललाई सरकारले जग्गा लिजमा दिने

बिहीबार, ०९ साउन २०७६, १७ : २४
बिहीबार, ०९ साउन २०७६

काठमाडौँ । केही समय पहिला सबै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उद्घोष गरेका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालालाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ ।

कोइरालाको इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौँमा ४१ रोपनी १० आना ३ पैसा सरकारी जग्गा उपलब्ध गराउने आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिका–७ मा नेपाल सरकारका नाममा रहेको कित्ता नम्बर २३ को उल्लेखित परिमाणको जग्गा इन्स्टिच्युटलाई लिजमा दिने सरकारले निर्णय गरेको हो ।

गैरनाफामूलक संस्था र व्यक्तिसँगको सहकार्यमा काठमाडौँमा १०० बेड र प्रदेशमा कम्तीमा ५० बेडका स्याटलाइट अस्पताल स्थापना गर्ने डा. कोइरालाले जनाएका छन् ।

यो अभियानको लागि गुडविल एम्बेसडर सारेगम लिटिल च्याम्प रियालिटी सोका उपविजेता प्रितम आचार्यलाई घोषणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप