शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गर्न सरकारसँग माग

बिहीबार, ०९ साउन २०७६, १५ : १३
बिहीबार, ०९ साउन २०७६

काठमाडौँ । बर्हिगमित जनमुक्ति सेनाले सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गर्न सरकारसँग माग गरेको छ । 

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गदै बर्हिगमिन जनमुक्ति सेनाले सो माग गरेको हो । 

 पत्रकार सम्मेलनमा पूर्व बाल लडाकुको संस्था बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले भविष्यमा फेरि गरिब नेपालीका छोराछोरी युद्धमा प्रयोग हुँदैनन् भन्ने सुनिश्चितता गरिनुपर्ने माग गरे । 

बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष असिम लिम्बू,  उपाध्यक्ष राजन थापनलगायतले पनि आफ्नो धारणा राखेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप