बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जन्मदिनमा केक होइन बृक्षारोपण

बिहीबार, ०९ साउन २०७६, १४ : २३
बिहीबार, ०९ साउन २०७६

काठमाडौं– पछिल्लो समय जन्मदिनलाई बिशेष बनाउन बृक्षारोपण गर्ने लहर नै चलेको छ । यहि लहरलाई पछ्याउँदै साविक अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका विद्यार्थी नेता पंकज भण्डारीले पनि आफ्नो जन्मदिन बृक्षारोपण गरेर मनाए । आफु अध्ययनरत महेन्द्ररत्न क्याम्पसमै उनले ५० वटा धूपीको विरुवा रोपेका छन् । 

हरियाली बचाउने सरकारको ठोस पहल कद्मी नभएकाले आफुहरु मिलेर हराभरा शहर बनाउनका लागि वृक्षारोपण गरिएको भण्डारीले बताए । जन्मदिन केक काटेर मनाउनुभन्दा सो रकमले विरुवा किनेर रोप्दा समाजनै हरियाली हुने भण्डारीको तर्क छ । बृक्षारोपणमा सोही कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो  ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप