प्रभु बैंकका ग्राहकहरुलाई टर्किस एयरलाइनसमा विशेष छुट
काठमाडौँ । प्रभु बैंक लिमिटेड र टर्किस एयरलाइन्सबीच प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई टर्किस एयरलाइन्स मार्फत् हवाइ यात्रा गर्दा लाग्ने टिकट मूल्यमा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पश्चात् प्रभु बैंक लिमिटेडका क्रेडिट कार्ड होल्डर, वेल्थ कस्टमर र प्रिभिलेज कस्टमरहरुले टर्किस एयरलाइन्सबाट विश्वको जुनसुकै मुलुकमा हवाई यात्रा गर्दा टिकटमा विशेष सहुलियत प्राप्त गर्नेछन् भने थप लगेजको सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
यो सुुविधा प्राप्त गर्नको लागि टर्किस एयरलाइन्सबाट हवाई यात्रा गर्नको लागि टिकट खरिद गर्दा सम्बन्धित ग्राहकले प्रभु बैंक लि.बाट जारी गरिएको क्रेडिट कार्ड, वेल्थ कार्ड र प्रिभिलेज कार्ड मध्ये कुनै पनि कार्ड पेश गर्नु पर्नेछ ।
यस सम्बन्धी थप जानकारी बैंकको वेवसाइटबाट प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण