नेपाल–भारत सीमामा भेटियो आधा दर्जन बेवारिसे बम
शुक्रबार, २७ साउन २०७४, १२ : ५५
काठमाडौँ । भरतको बहराइच जिल्लाको रुपडियामा रहेको नेपाल–भारत सीमा नजिकै बेवारिसे अवस्थामा ६ वटा बम फेला परेका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रहरी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) लाई बम फेला परेको समाचार लगत्तै घटनास्थलमा पठाइएको थियो ।
त्यस्तै, क्षेत्रका सम्बन्धित अधिकारीहरुलाई पनि घटनाको जानकारी दिइएको र यसबारे अनुसन्धान शुरु भइसकेको बताइएको छ ।
यद्यपि, प्रहरीले भने भेटिएका वस्तु बम वा विस्फोटक पदार्थ हो या होइनन् भन्ने कुरा बम डिस्पोजल टोलीले यकिन गर्ने बताएको छ ।
भेटिएको वस्तुमाथि डाइनामाइट लेखिएको भए पनि वास्तावमा यो बम हो या होइन भन्ने कुरा आफूहरुले यकिन गर्न नसकेको प्रहरीको भनाई छ ।
हिजोमात्र अमेठीमा कोलकाताबाट अमृतसर गइरहेको रेलमा धम्कीपूर्णपत्रसहित विस्फोटक पदार्थ भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण