प्रचण्डको ‘विघटन’ प्रस्ताव

person access_timeसाउन २७, २०७४ chat_bubble_outline0

माओवादीको सचिवालय बैठकमा कमरेड प्रचण्डले पार्टी विघटन गर्ने कुरा प्रस्तुत गर्नुभयो । त्यो प्रस्तावले अहिले एक प्रकारको बहस निम्त्याएको छ । पार्टीभित्र त्यसले ठूलो सकारात्मक तरङ्ग ल्याएको छ भने पार्टी बाहिर त्यसलाई ‘उडन्ते कुरा’का रुपमा विश्लेषण भइरहेको छ । यस्तै माओवादीलाई नरुचाउने वर्ग त्यही तर्कलाई अगाडि सारेर स्वयं प्रचण्डले पार्टी विघटनको कुरा गरे अब माओवादीको भविष्य छैन । भविष्य नभएको पार्टीमा के जीवन विताउँछौ ? भन्ने प्रश्नहरु तेस्र्याइरहेका छन् । यही तर्कको फेरो समातेर माओवादीलाई कति कमजोर पार्न सकिन्छ भन्ने हिसाब किताब पनि एउटा वर्गमा चलिरहेकै छ । 

जनयुद्धको नेतृत्वकर्ता दुई पटक प्रधानमन्त्री भइसकेको कमरेड प्रचण्डले किन त्यसो भने होलान् ? कुन स्वार्थले भने होलान् ? भनेर विश्लेषण गर्ने हो भने नेपालका पार्टी, पार्टी जस्ता छैनन् । सबै पार्टीहरु गुट र स्वार्थ केन्द्रित मात्र छन् । २००७ सालदेखि ०६२÷०६३ सम्म प्रजातन्त्रको नेतृत्व गरेको पैरवी गर्ने काङ्ग्रेस होस् या जनाधार भएको पार्टी भनेर नथाक्ने एमाले जनहरु हुन् । सबैभित्र गुट र उपगुट छन् । पार्टी छैन । पार्टी नभएपछि जनता भोटका औजार मात्र हुन् । केही सय नेताहरुको व्यवस्थापन गर्न नै सरकार, सदन बनिरहेका छन् । यसकै निम्ति पार्टीभित्र लेनदेन चल्छ र पार्टी बाहिर पनि लेनदेन चल्छ । जति ठूला राजनीतिक परिवर्तन भएपछि । जति ठूला आन्दोलनको नेतृत्व गरेपछि । जति ठूलो जनाधारको कुरा गरे पनि काठमाडौँका सडकका खाल्टा पुर्ने ल्याकत, मुग्लिनका बाटो समयमा पूरा गर्ने हैसियत सरकार राख्दैन । यी कुरा राजनीतिक पार्टीको विषय बन्दैन भने यी पार्टीहरु विघटन गर्ने हैसियतका छन् भन्दा अन्यथा हुँदैन । तर पार्टी विघटन समस्या समाधानको बाटो होइन । पार्टीहरु चाहिन्छ । तर पार्टी र नेता जनता र राष्ट्र केन्द्रित हुनुप¥यो । जति ठूलो आन्दोलनको नेतृत्वको कुरा गरे पनि आफ्नो परिवार, क्षेत्र र जातिबाट माथि उठ्न नसक्ने हो भने मेरो पार्टी नै सही हो भन्नुको अर्थ पनि राख्दैन । माओवादी पार्टीको सन्दर्भमा भन्ने हो भने मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र बाबुराम भट्टराईलाई हेरे पुग्छ । माओवादीभित्रका कति केन्द्र छन् भन्ने कुरा बैठकमा उठेजस्तो खुसिराम पाख्रिनको– “फा“टेको जालैले छेकेको छेके पनि छर्लङ्गै देखेको । हेर गाउ“ले हो” गीत जस्तै छ । 

प्रचण्ड प्रष्ट वक्ता हुन् । प्रष्ट वक्ता भएकै कारण उनी विवादमा पनि धेरै पर्ने गर्छन् । पार्टी विघटनको प्रश्नले पनि विवाद जन्माएको छ । पार्टीभित्र यो कुरा कतिपटक सुन्ने ? रिल दोहोरिएको छ भन्दै पार्टी हेटौँडा महाधिवेशनलाई सम्झनेहरु पनि छन् । यसलाई गम्भिरतापूर्वक नलिने ठूलो पनि जमात छ । विरोधीहरुले यो प्रश्नलाई राम्रो मसला बनाएका छन् । विघटनको प्रश्न पार्टीभित्र सन्देहको रुपमा लिने र विरोधीले प्रतिशोधको रुपमा लिने सम्भावना छ । पार्टीले यसलाई गम्भीरतापूर्वक लिन सकेन भने र कमरेड प्रचण्डले सकारात्मक दिशा दिनेछ भनेर गरेको अपेक्षा नकारात्मक दिशामा बदलिने सम्भावना पनि छ । समस्याको हल सत्य बोल्नु मात्र पर्याप्त छैन । सत्य बोल्ने तर सत्य स्थापित गर्न सकिएन भने त्यसबाट जन्मने असत्य अझै शक्तिशाली हुन्छ । सत्य बोलेको कुरालाई मान्छेले अर्को असत्य, झुट, जालझेलको रुपमा बुझ्ने र त्यो अविश्वासमा बदलिने सम्भावना रहन्छ । 

यो विघटन गर्ने वा गठन गर्ने भन्ने कुरा सचिवालयको पु“जी बनिसकेको छ । यो जिम्मेवारी अब सचिवालयको हो । यो शङ्का हटाउन अब सचिवालयले गरेको निर्णय कार्यान्वयनबाट सुरु गरिनुपर्दछ । हामी नेताहरुले गुट चलाएका छौँ भने आजैबाट छोडौँ । सचिवालयले गरेको निर्देशनअनुसार आफ्ना आचार, विचार, नैतिकता निर्माणमा केन्द्रित हौँ । कार्यकर्ता र जनतालाई यो विघटनको निम्ति होइन, निर्माणको निम्ति हो भन्ने कुरा प्रष्ट पारौँ ।

तर इतिहास सत्य बोल्नुबाटै सुरु हुन्छ । ग्यालिलियोदेखि इच्छुकसम्मको इतिहास हामीलाई थाहा छ । मेरो विचारमा सचिवालय बैठकमा कमरेड प्रचण्डले सत्य बोलेका हुन् । आफूले ३० वर्षदेखि नेतृत्व गरिरहेको पार्टी– पार्टी जस्तो नभएर स्वार्थ समूहको परिणतीबाट आफू घेरिँदाको पीडा पनि बोलेका हुन् । जुन बोलाइमा सत्यता छ भन्ने कुरा सचिवालयमा उपस्थित नेताहरुको आम धारणाले पनि प्रष्ट हुन्छ । बैठकमा उनीहरुले गुट होइन स्वार्थ समूह भन्नुपर्दछ भन्ने जोडदार माग गरेका थिए । यस्ता गुट र स्वार्थ समूहहरुको विघटन गरिनुपर्दछ र पार्टी सुदृढ र गठन गर्नुपर्छ भन्नेमा सचिवालय एकमत बनेको थियो । हेर्दा कमरेड प्रचण्डले नकारात्मक कुरा उठाए जस्तो लागे पनि त्यसको उद्देश्य सकारात्मकतर्फ लैजानु थियो भन्ने कुरा यसबाट प्रष्ट हुन्छ । 

यो विघटन गर्ने वा गठन गर्ने भन्ने कुरा सचिवालयको पु“जी बनिसकेको छ । यो जिम्मेवारी अब सचिवालयको हो । यो शङ्का हटाउन अब सचिवालयले गरेको निर्णय कार्यान्वयनबाट सुरु गरिनुपर्दछ । हामी नेताहरुले गुट चलाएका छौँ भने आजैबाट छोडौँ । सचिवालयले गरेको निर्देशनअनुसार आफ्ना आचार, विचार, नैतिकता निर्माणमा केन्द्रित हौँ । कार्यकर्ता र जनतालाई यो विघटनको निम्ति होइन, निर्माणको निम्ति हो भन्ने कुरा प्रष्ट पारौँ । कार्यकर्ताले पनि यसबाट दाया“ वा बाया“ सोच्नेहरुप्रति औँला उठाउन सुरु गरौँ । यदि हामीले औँला उठाउन सकेनौँ भने पार्टी बनाउने अर्को एउटा अवसर फेरि गुम्न सक्दछ र साच्चै पार्टी विघटनतर्फ जान पनि सक्दछ । 

अतः कमरेड प्रचण्डले थालेको रिभोल्युसनरी स्टेपलाई आन्तरिक रुपले शङ्का गर्ने र बाह्य रुपले विघटनतर्फ जबरजस्त माहौल बनाउने विरोधीहरुको प्रवृत्तिका विरुद्ध वैचारिक सङ्घर्ष गर्न आवश्यक छ । विभिन्न बाध्यता र आवश्यकताबीच कमरेड प्रचण्डले जुन हिम्मत गर्नुभयो, यसलाई स्वागत गर्नुपर्दछ । यो महान निर्माणको निम्ति थालिएको रिभोल्युसनरी स्टेप हो ।  

यो स्टेपले सबै माओवादीहरुलाई एकताको घोषणा र आग्रह गरेको छ । यसले पार्टीको भारी भरसक सङ्गठनलाई सानो बनाउने उद्देश्य राखेको छ । जनवर्गीय सङ्गठन र विभागलाई सुदृढ बनाउने सोच राखेको छ । र नेतृत्वमा युवाहरुलाई ल्याउने उद्देश्य पनि छ । माओवादीलाई साच्चैको माओवादी बनाउने उद्देश्य राखेको छ । आवश्यकता सत्यलाई स्थापित गर्नुस“ग सम्बन्धित छ ।  


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ