शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमिताभ बच्चनदेखि कपिल शर्मासम्मः बलिउडका १० सेलिब्रिटी कपाल रोप्नुपूर्व यस्ता देखिन्थे

शुक्रबार, २७ साउन २०७४, १२ : २४
शुक्रबार, २७ साउन २०७४

बलिउड नायक जहिले पनि जवान देखिनुपर्ने बाध्यतामा रहेका हुन्छन् । जसका कारण आफ्नो पर्सनालिटि बढाउनका लागि उनीहरुले कस्मेटिक सर्जरीको साहारा लिन्छन् जसमध्ये कपाल रोप्नु निकै साधारण बनेको छ ।

९० को दशकमा खस्कँदो करियरसँगै अमिताभ बच्चनले आफ्नो धेरैजसो कपाल पनि गुमाए । त्यसपछि उनले ‘कौन बनेगा करोडपती’ मा पुनरागमन गरेर आफ्नो नयाँ लुकले सबैलाई चकित बनाए ।

सलमान खानले सन् २००७ मा कपाल रोपेको बताइन्छ । रिपोर्ट अनुसार उनले दुबईमा अमेरिकी डाक्टरमार्फत उक्त शल्यक्रिया गराएको बुझिन्छ ।

कपिल शर्मा आफ्नो संघर्षका दिन र अहिले निकै फरक देखिन्छन् । भारतीय हाँस्यकलाकार उनले केही समय अघि कपाल रोपेको बताइन्छ ।

अक्षय कुमारले ४० पार गरेपछि आफ्नो कपाल पातलिँदै गएको महसुस गरे । उनले आफ्नो यो समस्यालाई ‘हेयर ट्रान्सप्लान्ट’ सर्जरीमार्फत सुल्झाएको बुझिन्छ ।

संजय दत्तको उमेरसँगै करियरमा पनि सफलता हाँसिल गरिरहेका थिए । झर्दो कपालको उपचारका लागि संजय दत्तले पनि कपाल रोप्ने बिधि अपनाए । उनले फिल्म ‘अग्नीपथ’ पश्चात् फलिकुलर युनिट ट्रान्सप्लान्ट पनि गरेको बताइन्छ ।

गोबिन्दा केही समयको ब्रेकपश्चात् सन् २०१२ मा आफ्नो बाक्लो कपालसहित सार्वजनिक भएपछि उनले पनि कपाल रोप्ने बिधि अपनाएको भनी धेरैले कमेन्ट गरे ।

विवेक ओभरोइले पनि आफ्नो पर्सनालिटी बढाउनका लागि हेयर ट्रान्सप्लान्टको सहारा लिएको बताइन्छ ।

आदित्य पंचोलीले आफ्नो करियरको उत्तराद्र्धमा कपाल झर्ने समस्याको सामना गर्नुपर्यो । उनले दुबईमा लेजर हेयर ट्रान्सप्लान्ट सर्जरी गरेको कुरा स्विकार गरेका थिए ।

हिमेश रेसमियाको कपाल झर्न थालेपछि उनले क्याप लगाउन सुरु गरेको बताइन्छ । कपाल रोपेपछि उनले क्याप र विग दुबै लगाउन छाडिदिए ।

 गायक अभिजित भट्टाचार्यले कपाल झर्ने समस्यालाई हेयर ट्रान्सप्लान्टमार्फत सुल्झाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप