बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीमा बगेर युवक बेपत्ता

बुधबार, ०८ साउन २०७६, १४ : ५२
बुधबार, ०८ साउन २०७६

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर लगेको प्रत्यक्षदर्शीले बताएको रुपनीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुई दिनदेखिको वर्षाले खाँडो खोलामा बाढी आएको र बाढीसँगै बगाएर ल्याउने दाउरा, काठका मुढा निकाल्ने क्रममा बेपत्ता भएका मियाँको खोजबिन भइरहे पनि हालसम्म पत्ता नलागेको उक्त कार्यालयका  प्रहरी उपरीक्षक सुरेश ठाकुरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप