टिभिएसको नयाँ स्ट्राइकर १२५ अब नेपाली बजारमा, निखिल ब्राण्ड एम्बासेडर
काठमाडौँ । टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ उत्पादन टिभिएस स्ट्राइकर १२५ नेपाली बजारमा ल्याएको छ ।
जगदम्बा मोर्टसका प्रवन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतीले एक कार्यक्रमबीच टिभिएस स्ट्राइकर १२५ सार्वजनिक गरेका हुन् ।
जगदम्बा मोटर्स नेपालका लागि टिभिएसको आधिकारीक विक्रेता हो ।
कम इन्धन खपत र शक्तिको सही मिश्रण भएको टिभिएस स्ट्राइकर १२५नेपाली बाटोमा उपयुक्त रहने कम्पनीको दाबी छ ।
ईको थ्रष्ट इन्जिन युक्त टिभिएस स्ट्राइकर १२५ ले ८००० आर. पि. एम मा ८.१ के डब्लु शक्ति प्रदान गर्ने छ । यसको टोर्क ५५०० आर. पि. एम मा १०.८ एन. एम. बताईएको छ । एक लिटरमा ६७ किलोमिटर माईलेज दिने यस बाइकलाई आफ्नो श्रेणीमा सर्वोत्कृष्ट मानिन्छ ।
बेग्लै ट्याङ्क आकार र रङ्गहरुको मिश्रणले यसको आकर्षण अझ बढाउँछन् ।
श्रेणीमै पहिलो एल. इ. डि. टेल ल्याम्प र पूmल डिजिटल स्पीडोमिटर युक्त यस बाईकको व्याख्या गर्न लायक छ । साथमा, यसमा ट्युवलेस टायर, डुअल प्याडेड सीट, ह्याजार्ड ल्याम्प, पास बाई स्वीच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र उज्यालो हेडल्याम्प जडान गरिएको छ । आरामदायी यात्राको लागि हाइड्रोलिक स्प्रिङ्ग सस्पेन्सन तथा प्रेसर डाईकास्टेड एलुमिनियम फुटरेष्ट समेत यसमा पाउन सकिन्छ ।
ईलेक्ट्रिक स्र्टाटको विकल्प छनोट रहेको टिभिएस स्ट्राइकर १२५को मूल्य रु. १ लाख ७४ हजार ९०० पर्नेछ । साथै तीन रङ्गमा सो बाईक उपलब्ध हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण