संक्रान्ति बजारमा पहिरो, २ घरमा क्षति
अमृत बास्तोला
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा पहिरोले दुई घरमा क्षति पुगेको छ । बजारकै आधादर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिन देखि लगातार परेको वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाको घरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।
वर्षाकै कारण त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारको खेल मैदानको प्याराफिटमा पनि क्षति पुगेको शिक्षक रमेश ढकालले जानकारी दिए ।
क्षतिको एकिन विवरण भने आएको छैन् । घरहरुमा थप क्षति हुन नदिन डोजर, सुरक्षा कर्मी र स्थानीबासीहरुबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ ।
पहिरोबाट संक्रान्तिबजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानिया, तिलबहदुर ईङनाम, राम ईङनाम, सुमन नेपाल लगायतका घरहरु पहिरोको जोखिमा रहेको छन् ।
पहिरोको जोखिमा रहेका घरहरुमा उच्च सतर्कता अपनाउन ईलाका प्रहरी कार्यालयले निर्देशन दिइएको छ । वर्षा र पहिरोको जोखिमका कारण बजार दुई विद्यालयहरुमा पठनपाठन शुक्रबार बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने