शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बीपीए अवार्ड २०१८’ महालक्ष्मी विकास बैंकलाई

बुधबार, ०८ साउन २०७६, १४ : ४६
बुधबार, ०८ साउन २०७६

काठमाडौं–महालक्ष्मी विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०१८ हासिल गर्न सफल भएको छ । 

बैंकले नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय आइक्यानको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०१८’ समारोहमा विकास बैंकतर्फ प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको हो । 

उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका थिए । 

बैंकले पाएको यस सफलताको श्रेय बैंकका ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनीहरुलाई दिंदै आगामी दिनहरुमा पनि यस्तै सफलता र भरोसाको आशा बैंकको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप