शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार, ०८ साउन २०७६, १४ : ३५
बुधबार, ०८ साउन २०७६

नुवाकोट– करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् । 

आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप