नक्कली नेपाली रुपैयाँसहित एकजना पक्राउ
बुधबार, ०८ साउन २०७६, १४ : २२
बारा– नक्कली नेपाली रुपैयाँसहित एक पुरुषलाई प्रहरीले पक्रा गरेको छ । चितवन राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित आदर्शकोतवाल गाउँपालिका ५ रुपौलियाबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित मोहन सहनीले सञ्चालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल सञ्चालकले खबर गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा उनको खल्तीमा थप हजार दरका ३ वटा नक्कली नोट फेला परेको थियो । पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा