बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसद खुलाउन प्रतिपक्षी दल सहमत, दिउँसो साढे २ बजे बैठक

बुधबार, ०८ साउन २०७६, १२ : ५३
बुधबार, ०८ साउन २०७६

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित राजपा संसद सुचारु गर्न सहमत भएका छन् । बुधबार सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा उनीहरुले सहमति जनाएका हुन् । 
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमति भएको सभामुख महराका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिएका छन् । 

यसअघि दिउसो १ बजेका लागि बोलाइएको बैठक दिउसो साढे २ बजेका लागि सारिएको छ भने १ बजे कार्यब्यवस्थाको बैठक बोलाइएको छ । 

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी सहभागि थिए । यता सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायत बैठकमा सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप