रमिला न्यौपानको तीज गीत ‘पशुपतिमा’ सार्वजनिक
गायिका रमिला न्यौपानले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘पशुपतिमा’ बोलको गीतमा उनलाई खुमन अधिकारीले साथ दिएका छन् ।
गीतमा न्यौपानेका साथै बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीका् स्वर रहेको छ ।
बाबुराम बोहराको शव्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गरेका छन् ।
गीत सनराइज म्युजिकले बजारमा ल्याएको हो ।
गायिका न्यौपानेले १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी न्यौपानेले ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय