शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कबड्डी कबड्डी कबड्डी’ गीत विवाद : गीत चार्नेसँग आलोकश्रीले क्षतिपूर्ति नलिने

बुधबार, ०८ साउन २०७६, १२ : ०९
बुधबार, ०८ साउन २०७६

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ‘डुब्यो फूल्यो’ गीतको विवाद टुङ्गिने भएको छ ।

संगीतकार आलोकश्रीले ‘डुब्यो फूल्यो’ गीत आफ्नो ‘कहिले फोटो सिरानीमा’सँग मिल्न गएको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो ।

कबड्डी टिम र संगीतकार आलोकश्रीबीच मंगलबार भएको छलफलबाट विवादको विषयमा टुङ्गो लगाइएको हो ।

 कबड्डी टिम निर्देशक रामबाबु गुरुङ, संगीतकार एसडी योगी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा लगायतले आलोक श्रीसँग छलफल गरेर यो बिषय अगाडि नलाने सहमति गरेका हुन् ।

कबड्डीका संगीतकार एसडी योगीले आफू उक्त गीतबाट प्रभावित भएको स्वीकारेपछि सहमतिमा आफूहरु पुगेको संगीतकार आलोक श्रीले बताए ।

 ‘गीतको संगीतकारमा आलोक श्री र एसडी दुवैको नाम राख्ने सहमतिमा कुरो मिलेको हो’ आलोकश्रीले भने ‘२०४६ सालमा जन्मिएका एसडी भाइले म तपाइको गीत सुनेर हुर्किएको हुँ । गीतमा तपाईँको प्रभाव पर्नु स्वभाविक नै हो भनेपछि म पनि कन्भिन्स भएँ ।’

विभिन्न समाचार माध्यममा आलोकले क्षतिपूर्तिमा विवाद बताइएपनि आलोकले भने आपसी सहमतिनै बिना क्षतिपूर्ति विवाद समाधान गरिएको बताए । 

‘मैले क्षतिपूर्ति मागेको पनि छैन र लिन्नँ पनि’ आलोकले थपे ‘क्षतिपूर्तिको विषयमा भ्रामक समाचारहरु बाहिर आइरहेका छन् । यसका कारण सामाजिक संजालमा बिभिन्न गाली समेत खानु परेको छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप