रियल म्याड्रिडले आर्सनललाई हरायो
प्रिसिजन टुर अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले इङलिस क्लब आर्सनललाई पराजित गरेको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा रियलले आर्सनललाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।
निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा रियल भाग्यमानी बन्यो । पहिलो हाफमा २–० गोलले पछि परेको रियलले दोस्रो हाफमा उत्तकृष्ट पुनरागमन गरेको थियो ।
रियल खेलको नवौं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । रियलका नाचो फर्नान्डेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।
लगत्तै आर्सनलले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता लियो । १०औं मिनेटमा आर्सनलका अलेक्सआन्द्रे लाकाजेट्टीले पेनाल्टीको सुदुपयोग गर्दै खाता खोले । २४औं मिनेटमा पिर्रे एम्रिम अउबामियाङले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । आर्सनल ४०औं मिनेटमा १० खेलाडीमा सिमति बन्यो । आर्सनलका सोक्रेट्स पापास्ताथोउलस दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।
त्यसपछि जोसिएको रियलले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो । आर्सनलका लागि ग्याथेथ बेलले ५७औं मिनेटमा पहिलो गोल फर्काए । यसअघिका खेलमा बाहिर राखिएका बेलको उत्कृष्ट प्रदर्शनमा रियलले पुनरागमन गरेको थियो । ५९औं मिनेटमा मार्को असेसिन्योले गोलगर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि टाईब्रेकरमा गएको खेलमा रियलले तीन गोल गर्यो । आर्सनलले दुईवटा मात्र गोल गर्न सक्यो । यससँगै आर्सनलको प्रिसिजनमा लगातार जितको यात्रा रोकिएको छ । यसअघिका तीन खेलमा आर्सनल विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’