शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको जिम्मेवारी बाँडफाँडमा योगेशका ५ सुझाव

बुधबार, ०८ साउन २०७६, १० : ३०
बुधबार, ०८ साउन २०७६

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले कार्यविभाजन र जिम्मेवारी बाँडफाडमा ५ वटा कुरामा ध्यान दिन सुझाव दिएका छन् । 

नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेका वेला भट्टराइले योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिनुपर्ने, कुनैपनि व्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवारी दिन नहुने, एकएक वर्षमा जिम्मेवारी हेरफेर गर्नुपर्ने लगायतका ५ बिषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । 

१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ । 

२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ । 

३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ । 

४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारीपाटी बसालौं । 

५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप