भारतीय मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ
बारामा भारतीय नम्बर प्लेटको २ मोटरसाइकल आगजनी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका ११ का २३ वर्षीय शम्भु पटेल र सोही ठाउँका २० वर्षीय चोकट भन्ने धर्मेन्द्र साह रहेका छन् ।
भारतीय नागरिक विनोद यादवको नाममा दर्ता रहेको BR 06 AQ 9011 र सन्दीप कुमार कौशलको नाममा दर्ता रहेको BR 05 Q 3249 मोटरसाइकल उनीहरुले कलैया उपमहानगरपालिकास्थित राजीव पाण्डेको घरको कम्पाण्डमा रोकीराखेको अवस्थामा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए ।
सुवर्ण गाउँपालिका ७ का सञ्जित यादव र सोही ठाउँका नन्दकिशोर प्रसादका आफन्त रहेका भारतीय नागरिक यादव र कौशलको मोटरसाइकल काम विशेषले लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी भट्टराईले बताए ।
उनीहरुले ३ गते बिहान ३ बजेको समयमा मोटरसाइकलमा आगजनी गरेको बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत बाराबाट ५ दिनको म्यद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आगजनी गरेपछि लुकीछिपी बस्दै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले साउन ६ गते कलैया उपमहानगरपालिका ११ बाट पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा