शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिट चरणबाटै बाहिरिन् गौरिका

मङ्गलबार, ०७ साउन २०७६, २३ : ०२
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं-दक्षिण कोरियामा जारी १८औं फिना विश्व पौडी च्याम्पियनसिप अन्तर्गत महिला २ सय मिटर फ्रिस्टाइल स्पर्धामा नेपालकी गौरिका सिंह हिट चरणबाटै बाहिरिएकी छिन् । मंगलबार भएको खेलमा गौरिकाले हिट चरणमा २ मिनेट १३ सेकेन्डको समय खर्चिएकी थिइन् । दोस्रो हिटमा रहेकी गौरिकाले आफ्नो हिटमा भने शीर्ष स्थान हासिल गरिन् । समग्रमा उनी ४८ औं स्थानमा रहिन् ।

यस स्पर्धामा ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालगन्जमा हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले यस स्पर्धामा स्वर्ण पदक जितेकी थिईन् । च्याम्पियानसिपमा गौरिकासँगै नेपालका चार खेलाडीले भाग लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप