बालयौन शोषणको आरोपमा अष्ट्रेलियन नागरिक पक्राउ
मङ्गलबार, ०७ साउन २०७६, २२ : ४५
पोखरा-बालकमाथि यौन शोषण गरेको आरोपमा पोखराबाट एक अष्ट्रेलियन नागरिक पक्राउ परेका छन् । ६३ वर्षिय थोमस अल्फ्रेड बेरिम्यानलाई प्रहरीले बाल यौन दुराचार गरेको आरोपमा पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका नाबलकलाई लोभ लालच देखाएर अप्राकृतिक मैथुन गरि रहेको अवस्थामा केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई समातेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा बस्दै आएका उनी कामदार भिसामा नेपाल आएका थिए । पेसाले प्याराग्लाइडर समेत रहेका थोमसलाई प्रहरीले कानुन अनुसार कारबाही अघि बढाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ