बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोना चेल्सीसँग पराजित

मङ्गलबार, ०७ साउन २०७६, २२ : ३६
मङ्गलबार, ०७ साउन २०७६

एजेन्सी-प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सीले स्पेनिस महारथि बार्सिलोनालाई हराएको छ । जापानको टोकियोमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले बार्सिलोनालाई २–१ गोलले पराजित गर्यो । बार्सिलोनाले भर्खर अनुबन्ध भएका एन्टोइन ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोनाले खासै प्रभाव देखाउन सकेन । खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो । 

टमी अब्राहमले ३४औं मिनेटमा गोल गर्दै चेल्सीको उत्साह थपेका थिए । दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरे । ८१औं मिनेटमा चेल्सीका रोस बार्केलीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले डिबक्स छेउबाट उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिमसम्म चेल्सीको दबाब झेलेको बार्सिलोनाले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल गरेको थियो । 

बार्सिलोनाका लागि इभान राकिटिकले गोल गरे । राकिटिकले करिव २० यार्ड टाढाबाट उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफका कमजोर देखिएको बार्सिलोनाले दोस्रो हाफमा सुधारिएको खेल खेलेपनि हार टार्न सकेन । बार्सिलोना टोलीका लियोनल मेस्सीविना मैदानमा उत्रिएको थियो । अर्जेन्टिना कोपा अमेरिकाबाट बाहिरिएपछि  निराश बनेका मेस्सी अहिले परिवारसँग विदा मनाइरहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप