शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश सरकारले गर्यो मन्दिर निर्माणको नाममा भ्रष्टाचार

मङ्गलबार, ०७ साउन २०७६, १९ : ५४
मङ्गलबार, ०७ साउन २०७६

जनकपुर– प्रदेश नम्बर २ सरकारले जानकी मन्दिरको आधुनिकीकरणको नाममा निर्माण गरिरहेको सन्त आवासमा लाखौंको भ्रष्टाचार भइरहेको पाइएको छ । जानकी मन्दिरको पछाडीपट्टी परिसरमै निर्माणाधीन सन्त आवासका लागि आर्थिक वर्ष २०७५/०७६ मा सामाजिक विकास मन्त्रालयले ९० लाखौं रुपैयाँ छुट्याएको थियो । ९० लाखको लागतमा निर्माण भइरहेको ८ कोठे सन्त आवासमा दुई नम्बर इँट्टा प्रयोग भइरहेको पाइएको छ । निर्माण सम्झौता विपरित भवन निर्माणमा दुई नम्वर इट्टा प्रयोग भइरहेको हो ।

आर्थिक वर्ष सकिन २२ दिन अघिदेखि मात्रै उपभोक्ता समितिमार्फत निर्माण कार्य सुरु गरेर हतारमा काम गरिँदैछ । तर आर्थिक वर्ष सम्पन्न भएको एक हप्तापछि पनि निर्माण कार्यको जग बसाल्ने कार्य भएको छ । निर्माण कार्यको जग हाल्ने कार्य मात्रै भएपनि उपभोक्ता समितिले भुक्तानी पहिलेनै पाइसकेको छ ।

प्राविधिकहरुका अनुसार ८ कोठे घरका लागि न्यूनतम ३० लाख रुपैयाँ लागत लाग्छ । तर, ९० लाख रुपैयाँमा सन्त निवास निर्माणका लागि छुट्याइएपछि त्यसमा भ्रष्टाचार भएको खुलासा भएको छ । कमिशनको आधारमा आ–आफ्ना दलीय कार्यकर्तालाई योजना बाँड्ने मन्त्रालयको रुपमा चर्चित समाजिक विकास मन्त्रालयले मन्दिरमा निर्माणमा भइरहेको सन्त आवासमा समेत ठूलै रकम चलखेल भएको देखिन्छ ।

मठ मन्दिर, पोखरी तलाउ लगायत सांस्कृतिक र पर्यटकीय स्थलहरुसँग जोडिएको धरोहरको निर्माण सहितका अन्य कार्य प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र विकास तथा पहिचानसँग जोडिएको भौतिक संरचनाको कार्य भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने गर्छ । तर समाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षासहित विभिन्न समाजिक जनचेतनामूलक कार्यमा लगानी गर्नुपर्ने स्थानमा मन्दिरको सन्त निवासमा प्रदेशको बजेट खर्चिरहेको छ ।

मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले प्रदेश सरकारको समाजिक विकास मन्त्रालयद्वारा उपभोक्ता समितिमार्फत सन्त आवासको निर्माण भइरहेको बताए ।  उनले– ‘भवन निर्माणमा कमसल, गुणस्तरहीन कार्य र भ्रष्टाचार भएको भन्ने कुरा आफूले पनि सुनेको छु । तर, यो विषय आफ्नो सरोकारको छैन । यसलाई हेर्ने नियमक निकायहरु छन् ।’

साथै उनले आफ्नो प्रस्तावमा समाजिक विकास मन्त्रालयले सन्तहरुका लागि आवास निर्माण गरिरहेको बताए । उपभोक्ता समितिले भवन निर्माण गरेर आफूहरुलाई जिम्मा लगाई देओस यति मात्रै आफ्नो कामना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप