केन्द्रीय संस्करण

एचसीसीएनको डीनमा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार

person explore access_timeसाउन ७, २०७६ chat_bubble_outline0

काठमाडौं– दक्षिण अफ्रिकाका वाणिज्यदूत तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले अनरी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन)को डीनको कार्यभार सम्हाल्ने भएका छन् । कार्यभार १ वर्षको अवधिको हुनेछ । 

श्रेष्ठले दक्षिण अफ्रिकाको वाणिज्यदूतको रुपमा विगत १६ वर्षदेखि जिम्मेवारी वहन गरिरहेका छन् । श्रेष्ठ कन्फिडरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इन्डष्ट्री (क्यासी) को उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत थिए । 

उनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा रही महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हाली सक्नु भएको र नेपालको एक प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या ग्रुपको प्रबन्ध निर्देशकको रुपमा सफल व्यवसायीको अनुभव छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...