व्यापारीसँग ४० लाख फिरौती माग्ने पक्राउ
झापा– प्रहरीले शरीर बन्धक बनाइ ४० लाख फिरौंती माग्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मामा भाञ्जा ग्यारेज सञ्चालक विर्तामोड नगरपालिका वडा नं. ४ बस्ने २९ वर्षका मेराज खान, ईलाम फाकफोकथुम गा.पा.वडा नं. १ घर भइ हाल झापा विर्तामोड नपा वडा नं.२ चारपाने बस्ने २० बर्ष २० की रितु फियाक लिम्वु, बिर्तामोड नपा वडा नम्बर ४ बस्ने सुजन विक (भारत दार्जिलिङ्ग जिल्लाबाट सञ्जु क्षेत्री नामबाट आधार कार्डसमेत बनाएको) र भारत किसनगञ्ज घर भई झापा विर्तामोड नगरपालिका वडा नं.४ का २५ बर्षका प्रकाशदास (मेराज खानको मामा भाञ्जा ग्यारेजमा काम गर्ने कामदार ) रहेका छन् ।
उनीहरुले झापाको बिर्तामोड नगरापालिका वडानम्बर ४ मा व्यवसाय गरी वस्ने एक व्यवसायीलाई नियन्त्रणमा लिई कुटपिट गर्दै नाङ्गै बनाएर खिचेको भिडियोलाई सामाजिक सञ्जालमा भाइरल बनाइदिने धम्की दिई चालिस लाख मागेका थिए ।
उनीहरुले श्रावण ५ गतेसम्म दिने शर्त राखेर फिरौंती रकम नदिए ज्यान मार्ने धम्की समेत दिएका थिए । पीडितले साउन ३ गते घटनाबारे प्रहरीमा उजुरी दिएपछि १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले मिति साउन ५ गते चारालीबाट पक्राउ गरेको हो । पक्राउपछि उनीहरुलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुबाट बा.१५ च ७३३९ नम्वरको कार(१, स्कुफ लेखिएको १०० मि.लि. को शिलप्याक बोतल थान(३, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की, निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लाष्टीकको पेस्तोल जस्तो देखिने बस्तु बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री श्रेष्ठले त्रिविका उपकुलपतिलाई दिइन् धन्यवाद
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए