शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छड्के अनुगमनमा २१ कर्मचारी अनुपस्थित

मङ्गलबार, ०७ साउन २०७६, १६ : ५२
मङ्गलबार, ०७ साउन २०७६

रुपन्देही– प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । 
    
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स शाखा बुटवलमा छड्के अनुगमन गरिएको थियो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं प्रवक्ता वसन्त अधिकारीले ३२ जना दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय मणिग्राममा कार्यालय प्रमुख मुक्ति पाण्डेसहित १० कर्मचारी अनुपस्थित रहेको र २९ जना दरबन्दी रहेको लाइसेन्स शाखा बुटवलमा ११ कर्मचारी अनुपस्थित रहेको जानकारी दिए । 

अनुगमनका क्रममा कार्यालयका कर्मचारीले परिचयपत्र र पोशाक नलगाएको र समयमा कार्यालयमा उपस्थित नभएको पाएकाले स्पष्टीकरण सोधिने र स्पष्टीकरण प्राप्त भएपछि कर्मचारी नियमावलीअनुसार अरु प्रक्रिया अघि बढाइने प्रवक्ता अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप