डार्विनमा नेपाली संस्कृति एवम् परिकार महोत्सव हुँदै
अस्ट्रेलियाको डार्विनस्थित नेपालीहरुको छाता संगठन नेप्लिज एसोसिएयसन अफ नर्दन टेरिटोरी (एनएएनटी) ले नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ आयोजना गर्न लागेको छ।
डार्विनको प्रमुख प्रदर्शनीस्थल डार्विन वाटर फन्टमा आगामी जुलाई २७ तारिख शनिबारका दिन महोत्सव गर्न लागिएकाे महोत्सव प्रचार प्रसार समितिका संयोजक युवराज पन्तले जानकारी दिए ।
नेपाली परिवेश, भेषभूषा र संस्कृतिलाई प्रदर्शन एवम् प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा डार्विनस्थित विभिन्न संस्था एवम् व्यवसायीहरुको सहयोग रहने उनले बताए ।
स्थानीय सरकारको सह–आयोजना हुन लागेको महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी, नृत्य तथा गायन, कुमारी घर, नेपाली घर तथा अन्य नेपालीपन झल्काउने कलाबस्तुहरु रहनेछन् ।
यस्तै महोत्सवमा नेपाली खानका स्टल पनि रहनेछन् भने नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने खालका प्रवर्द्धनात्मक कार्यक्रम पनि हुनेछ ।
अस्ट्रेलियन सरकार एवम् सांसदहरु समेतको सहभागिता रहने महोत्सवमा उपस्थितिका लागि सबै नेपाली समूदायलाई अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य