बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामसङको ग्यालेक्सी ए८० बजारमा, ४८ मेगापिक्सल रोटेटिङ ट्रिपल क्यामरा विश्वमै पहिलो

मङ्गलबार, ०७ साउन २०७६, १६ : ०४
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले नयाँ ग्यालेक्सी ए८० स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यस फोनको प्रयोग गरी हामीहरुलाई लाइभ सम्बाद, फोटो खिच्न, भिडियोहरु हेर्न तथा आफ्ना अनुभवहरु साट्ने जस्ता क्रियाकलाप गर्न सजिलो हुनेछ । 

यो प्रविधिसँगै ‘नयाँ सेल्फी’ को जमानाबाट ‘एरा अफ लाईभ’मा पुगेको सामसङले जनाएको छ । यसको लागि वास्तविक एवं अर्थपूर्ण कनेक्सनको आवश्यता महसुस हुने कम्पनीले दावी गरेको छ ।

विकासको यो गतिलाई निरन्तरता दिन ग्यालेक्सी ए८० स्मार्ट फोन बजारमा प्रस्तुत गरेको सामसङले बताएको छ । यसमा फुल स्क्रिन डिस्प्ले, सामसङको पहिलो क्रान्तिकारी रोटेटिङ क्यामरा तथा  इन्टलिजेन्ट व्याट्रि जस्ता अद्वितीय  सुविधा समाहित छन् । 

सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले ग्राहक केन्द्रित भएर हरेक कार्यहरु गर्दै आएको र ग्राहकहरुले आफ्नो व्यक्तिगत जीवनमा विशिष्टिकृत उपकरणहरुको खोजी गर्दै आएको बताए । 

उनले भने, ‘हाम्रो विशेषज्ञता, ग्लोबल क्षमता तथा ग्राहकहरुको अन्तर्दृष्टिले गर्दा सामसङले ग्राहकहरु समक्ष नवीनतम आविस्करहरु प्रस्तुत गर्न सफल भएको छ” । “ग्यालेक्सी ए सिरिज मेडेलले अद्वितीय आवश्यकता पूरा गर्दै आएको कम्पनीले दावी गरेको छ ।

रोटेटिङ क्यामेरा

ग्यालेक्सी ए८० मा भएको समसङको पहिलो  रोटेटिङ क्यामेराले प्रयोगकर्तालाई आफू वरिपरिको संसारलाई सहजै कैद गर्ने अवसर प्रदान गर्दछ । जब क्यामरामा भएको एप फोटो खिच्नको लागि प्रयोग गरिन्छ तब फोनको पछाडि भएका तिनैवटा क्यामरा स्वतः पप–अप भई रोटेट हुन्छन् । 

यसका ट्रिपल क्यामराले अद्वितीय गुणस्तर प्रदान गर्दछ । यसको इनोभेटिभ क्यामेरा मेकानिजम्ले फ्रन्ट र रेयर दुबैमा उत्कृष्ट अनुभव प्रदान गर्न उही हाइ रिजोलुसन लेन्स प्रयोग गर्ने भएकोले क्वालिटीको कुनै चिन्ता गर्नु नपर्ने कम्पनीले बताएको छ ।

४८ मेगापिक्सलको मुख्य क्यामराले दिनमा वा रातमा स्पष्ट एवं सफा फोटो खिच्न सकिन्छ । ग्यालेक्सी ए८०को थ्रीडी डेप्थ क्यामेराले लाइभ फोकस गरी कुनै पनि वस्तुको गहिराइ मापन गर्न सक्दछ । यसमा प्रयोग भएको अल्ट्रा वाइड एङ्गल लेन्सले मानव आँखाले जस्तो देख्न सक्छ त्यस्तै क्यामरामा कैद गर्न सक्दछ । 
 
मल्टिमिडिया

नयाँ रोटेटिङ क्यामेराको साथ सामसङको नयाँ इन्फिनिटी डिस्प्लेले एक अभूतपूर्व दृश्य अनुभव प्रदान गर्दछ । साथै यसमा भएको ६.७ इन्च एफएचडी प्लस सुफ एएमओएलईडी स्क्रीनले विषयवस्तुहरु  सफा एवं जीवन्त रुपमा देख्न सकिन्छ । 

लामो समयसम्म निरन्तर कनेक्ट रहनुहोस्

ग्यालेक्सी ए८०मा ३१००एमएएचको व्याट्री लाग्दछ र यो २५ वाट सुपर फास्ट चार्जिङ्ग क्षमताले लामो समयसम्म आवद्ध हुने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएको एक्टीभ पावर सेवले व्यट्रीलाई स्मार्ट तरिकाबाट बचत गरी फोनको कार्य सम्पादन गर्न सकिन्छ । 

सुरक्षित पहुँच

ग्यालेक्सी ए८०को इन्टेलिजेन्ट पर्फर्मेन्स इन्हान्सले एआई पावर पर्फर्मेन्स अप्टिमाइजेसन सफ्टवोयर प्रदान गर्दछ जसले व्याट्रि समायोजन, तपाइँको प्रयोग अनुसारको सीपीयू र र्यामको समायोजन गर्दछ जसका कारण तपाइँको फोन र एप्स खोल्ने क्षमतामा चुस्ती ल्याउँदछ । 

यसमा चिप सेटदेखि सफ्टवेरसम्मलाई सुरक्षा प्रदान गर्ने सामसङको डिफेन्स ग्रेड सुरक्षा प्रणाली सामसङ नोक्ज जडित छ जसले ए८० को कनेक्सनलाई सुरक्षित बनाई चलाउने स्वतन्त्रता प्रदान गर्दछ । 

आकर्षक डिजाइन 

ग्यालेक्सी ए८० एंगल गोल्ड, घोस्ट ह्वाइट तथा व्ल्याक तीन रंगमा उपलब्ध छ । एंगल गोल्डमा पिंक रंगको अंश रहेको छ भने घोस्ट ह्वाइटमा नीलो रंगको केही छवि समायोजन गरिएको छ, जसले गर्दा यी फोन सेटहरु प्रकाश र प्रकाशको परावर्तनमा भिन्न देखिन्छन् । 

ग्यालेक्सी ए८०को मूल्य नेपाली बजारमा ७९ हजार ९ सय ९० रहेको छ, यो फोन नेपाली बजारमा श्रावण ३ गतेदेखि उपलब्ध रहेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप