शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोथी रिझाउन तोप चराको कसरत !

मङ्गलबार, ०७ साउन २०७६, १६ : ०१
मङ्गलबार, ०७ साउन २०७६

तोप चराले नलोभ्याउने कमै होलान् । विशेष गरेर यसको गुँड बनाउने सीपले सबैलाई आकर्षित गर्ने गर्छ ।

तोप तरालाई ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिन्छि ।

बसाइसराइँ गर्ने यो चराले उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्छ । तराईमा पाइने तोप चराहरू जेठ लागेपछि पुन उकालो लाग्छन् । यही समयमा काठमाडौँ उपत्यका वरपर यो चरा देखिने गर्छ ।

तोप चराको मुख्य आहार धान र गेडागुडी हो । त्यही भएर बालीनाली र पानी भएका पोखरीको छेउछाउमा यो बस्न रुचाउँछ ।

यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेंलो हुन्छ । पोथी फुस्रा हुन्छन् ।

काठमाडौं उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले बनाएको गुँड नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।

खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुण्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन ।

जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।

हेर्नुहोस् चम्पादेवीमा देखिएका तोप चराहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप