उत्तर कोरियाले पहिलोपटक पनडुब्बी बनाएपछि किम जोङ उनको यस्तो प्रतिक्रिया
मङ्गलबार, ०७ साउन २०७६, १५ : ५५
प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् । उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ ।
केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको निर्माणले महत्वपूर्ण योगदान पु¥याएको भन्दै पनडुब्बी निर्माणमा संलग्न सबैलाई धन्यवाद दिए ।
नेता किमले उत्तर कोरियाको प्रतिरक्षा उद्योगको तिब्र विकासमा शक्तिशाली पनडुब्बी निर्माणले अर्को कोशेढुंगा पार गरेको पनि बताएका थिए। -सिन्ह्वा