बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख निलम्बित

मङ्गलबार, ०७ साउन २०७६, १५ : ५५
मङ्गलबार, ०७ साउन २०७६

ललितपुर– ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् ।
 महानगरपालिकाको गत साउन २ गतेको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरी साउन ५ गते पत्र थमाएको महानगरपालिकाका प्रेस संयोजक माधव प्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए । 
महानगरपालिकाको काममा अवरोध पुर्याएको निष्कर्षसहित उनलाई हटाउने निर्णय गरिएको उनको भनाई छ । 

कदमलालले नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ । 

महानगरपालिका स्रोतका अनुसार महर्जनले पर्यटकका लागि तयार छुट्याइएको पार्किङ रोकी महानगरपालिकासँग कुनै समन्वय नगरी पोखरीको शिलान्यास गराएका थिए ।  सोअघि सो स्थानमा उनले नै पार्किङ सञचालन गर्दै आएका थिए । 

गत असारबाट उनको सम्झौता सकिएर अर्को व्यक्तिले टेन्डर पारेपछि उनले पोखरीको शिलान्यास गराउँदा विवाद उत्पन्न भएको बताइएको छ । 

महर्जनलाई कति समयका लागि निलम्बन गरिएको भन्नेबारे पत्रमा केही उल्लेख नभएपनि थप छानबिनपछि सेवाबाट हटाउने मनस्थितिमा मेयर चिरिबाबु महर्जन रहेको एक अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप