शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनले २९ हजार फुटबल मैदान बनाउने

मङ्गलबार, ०७ साउन २०७६, १५ : ४५
मङ्गलबार, ०७ साउन २०७६

बेइजिङ– चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । 

चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ठ अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए । गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । उनले भने– सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो ।

सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताए ।

सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो । चीनमा फुटबल निकै रुचाइएको खेल हो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप