यौन शोषणमा परेको भनिएकी गायिका टेलर स्विफ्टलाई अदालतमा सोधिए यस्ता प्रश्न, जवाफ दिइन् यस्तो
अमेरिकी पप गायिका टेलर स्विफ्टले आफूमाथि ५५ वर्षका रेडियो डिजे डिविड मुलरले यौन शोषण गरेको पूरा कथा अदालतसामू वर्णन गरेकी छिन् ।
२७ वर्षीया पप गायिकाले अदालतलाई भनिन्, ‘उनले निश्चित रुपमा मलाई नराम्रोसँग समातेका थिए, त्यो पनि धेरै बेरसम्म ।’
यद्यपी, रेडियो डिजेले टेलर स्विफ्टको यो आरोपलाई खारेज गरिन् ।
अमेरिकी प्रान्त कोलरोडमा डेनवेयरको एक अदालतमा पप गायिकाले भनिन्, ‘यो जानीजानी गरिएको थियो ।’
टेलर स्विफ्टले अदालतमा भनिन्, ‘उनले मेरो स्कर्टको मुनीबाट मेरो नितम्बलाई समाते । म उनीबाट टाढा भाग्न खोजेपनि उनको हात मेरो नितम्बमा चुम्बक टाँसिए झैं टासिइरह्यो ।’
‘त्यो मेरो लागि निकै डरलाग्दो स्थिती थियो र मैले योभन्दा पहिले त्यो घटनाको सामना गर्नुपरेको थिएन ।’
सन् २०१३ मा सार्वजनिक भएको थियो यो मुद्दाः
टेलर स्विफ्टका अनुसार डेविड मुलरले सन् २०१३ मा उनीसँगको रेडियो कार्यक्रमको ठिक अघि भएको भेटघाटमा यौन शोषण गरेका थिए ।
त्यतिबेला डेविड प्रसिद्ध रेडियो स्टेशन क्योगोमा प्रस्तोताको रुपमा कार्यरत थिए । उक्त घटनापछि स्विफ्टले क्योगो रेडियो स्टेशमा ऊजुरी दिइन् जसका कारण डेविडलाई निष्कासित गरिएको थियो ।
मुलरले टेलर स्विफ्टको आरोपका कारण जागिरबाट हात धुनुपरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरे ।
त्यसपछि स्विफ्टले जवाफ स्वरुप मुद्दा दर्ता गर्दै यौन शोषणको पूरा घटना जानीजानी गरिएको बताइन् ।
बडिगार्डले बचाएनन् ?
मुलरका वकिलले टेलर स्विफ्टलाई उनको बडिगार्डले किन बचाएनन् भन्ने प्रश्न गरे ।
उक्त प्रश्नमा टेलर स्विफ्टले भनिन्, ‘कसैले पनि यस्ता घटना होला भन्ने सोचेका हुँदैनन्, ममाथि यस्तो कहिले पनि भएको थिएन । मेरो लागि यो निकै डरलाग्दो र भयानक घटना थियो ।’
जब २७ वर्षीया गायिकालाई उनले मुलरलाई चिन्न गल्ती त गरिनन् भन्ने प्रश्न सोधियो तब जवाफमा स्विफ्टले भनिन्, ‘ मुलर र उनका वकिलले मलाई नै दोषी देखाउन खोजिरहेका छन्, त्यो म कदापी हुन दिन्नँ ।’
यस्तै, ५५ वर्षीया डेविड मुलरले अदालतसामू आफूलाई निर्दोष बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी