शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा परेर बागलुङमा एक जनाको मृत्यु

मङ्गलबार, ०७ साउन २०७६, १२ : ४५
मङ्गलबार, ०७ साउन २०७६

बाग्लुङ– अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताए ।

गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो । पहिरोले गोठ पूर्णरूपमा क्षतिग्रस्त बनेको जनाइएको छ । पहिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएका छन् । 

स्थानीयवासीले एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालेका थिए । उद्धार तथा राहतका लागि जनप्रतिनिधि, प्रहरीलगायत घटनास्थल पुगेका छन् । प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेका कारण घर पनि जोखिममा छ । मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप