शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजा साहेब’ बन्दै रमित

मङ्गलबार, ०७ साउन २०७६, १२ : २४
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं – अभिनेता रमित ढुंगाना ‘राजा साहेब’बन्ने भएका छन् । रमितको मुख्य भूमिका रहने फिल्म ‘राजा साहेब’को कोटेश्वर स्थित महादेव मन्दिरमा शुभ मूहुर्त गरिएको छ ।

बिचल किरातीको निर्देशनमा बन्न लागेको फिल्ममा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने छ । यसै फिल्मबाट सोनिका केसी र आइशा राईले नायिकाको रुपमा डेब्यु गर्दैछन् । 

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने फिल्ममा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको फिल्मका सिसम डागी सह–निर्माता हुन् ।

ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य, श्री श्रेष्ठको द्वन्द्व रहने फिल्म बुधबारबाट छायांकनमा जाने कार्यक्रममा जानकारी दिइयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप